
भक्तपुर, २१ पुस । नेपाली कांग्रेस भक्तपुर जिल्ला नियमित महाधिवेशनको प्रतिक्षा गर्दै आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिएको बताएको छ । आज नेपाली काँग्रेस भक्तपर जिल्ला समितिले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर काँग्रेस विशेष महाधिवेशनको पक्षमा नरहेको र निर्वाचनको तयारीमा होमिएको बताएको हो ।
पत्रकार सम्मेलनमा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं निवर्तमान् सांसद दूर्लभ थापाले जिल्लाका ७० प्रतिशत महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूले पार्टीलाई विधि, विधान र निर्धारित कार्यतालिका अनुसार अघि बढाउन नियमित महाधिवेशन नै उपयुक्त हुने बताएको भन्दैं पार्टीभित्रको एकता, अनुशासन र संगठन सुदृढीकरणका लागि पनि समयमै नियमित महाधिवेशन आवश्यक रहेको बताउनुभयो ।

भक्तपुरका ७० प्रतिशत महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यहरुले हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको पक्षमा नरहेको र नियमित महाधिवेशाको माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस भक्तपुर जिल्ला पार्टीको बिधि र बिधानअनुसार चल्न एक ढिक्का भएको छ । पार्टीको निर्णयानुसार हामी नियमित महाधिवेशनको पक्षमा छौं, जिल्लाका ७५ प्रतिशत महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यहरुले नियमित महाधिवेशन गर्न माग गरेका छन्, त्यसैले हामी यतिखेर आगामी फागुन २१ को निर्वाचन सफल बनाउन निर्वाचनको तयारीमा होमिएका छौँ ।’
पत्रकार सम्मेलनमामा उहाँले ७० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको बताउदै फागुन २१ गतेको निर्वाचनको लागि समानुपातिकको उम्मेदवारी दर्ता भइसकेको र प्रत्यक्षतर्फको उम्मेदवार चयनको प्रक्रिया शुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य सकिएको बताउनुभयो । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णायानुसार बैशाखमा तोकिएको नियमित महाधिवेशनको पक्षमा रहेको बताउदै सभापति थापाले भक्तपुरमा क्रियासिल सदस्यता ८२ प्रतिशतले नविकरण गरेको र थप २५ प्रतिशत नयाँ क्रियासिल सदस्यता वितरण गरेको बताउनुभयो ।

भक्तपुरका क्षेत्र नम्वर १ मा सर्वसम्मत तरिकाले प्रत्यक्ष तर्फको उम्मेदवार चयन गरेको र २ नम्वर क्षेत्रमा सहमतिको प्रयास भइरहेको बताउदै उहाँले समानुपातिकवाट भक्तपुरवाट विनोद कायस्थ, गणेशमान चक्रधर, र गगांलक्ष्मी अवाल चयन भएको बताउनुभयो। पार्टीको केन्द्रीय महाधिवेशन बैशाख २७ देखि २९ सम्म ताकिएकाले नेपाली कांग्रेस भक्तपुर सोहि अनुसार अघि बढ्ने बताउदै उहाँले देश नै गम्भिर मोडमा उभिएको बेला नेपाली कांग्रेस एक ढिक्का भएर पार्टीको नियमित महाधिवेशन गरी वडा तहदेखी केन्द्रीय नेतृत्व गर्नु आजको आवश्यकता भएको सभापति थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जिल्ला जिल्लामा क्रियाशिल सदस्यता टुङ्याउन अझै बाँकी रहेको अबस्था र देश निर्वाचनमय भएको अबस्थामा हामीले विशेष महाधिवेशन भनेर बस्ने यो समय होइन । पहिला निर्वाचन सफल पाराँै, त्यसपछि केन्द्रीय समितिको निर्णयानुसार महाधिवेशनमा पार्टी जानेनै छ । भक्तपुर काँग्रेस एक ढिक्का भएर निर्वाचनमा होमियौं ।’

आगामी निर्वाचनमा काँग्रेस भक्तपुरको सबै क्षेमा जित सुनिश्चित गर्ने गरि तयारीमा जुटिसकेको बताउदै उहाँले केही नयाँ भन्नेहरुले सामाजिक सञ्जालमा काँग्रेस कमजोर भयो, केही बोल्दैन भन्ने भ्रम फैलाएको टिप्पणी गर्दै उहाँले भक्तपुरमा काँग्रेस बलियो रहेको बताउनुभयो । केही विदेशी शक्तिको आडमा भ्रम फैलाएर केही मच्चिरहेको टिप्पणी गर्दै उहाँले काँग्रेस एमालेको घरघर खोजी खोजी आक्रमण गर्ने, नेताहरु माथि भ्रम फैलाउने र पार्टी भित्रै विवाद ल्याउन खोज्नेहरुलाई काँग्रेसले आफ्नो शक्ति देखाउने बताउनुभयो ।
भक्तपुर काँग्रेस एक्लै चुनाबमा गएर विजयी हुन सक्षम रहेको बताउदै उहाँले पार्टीको केन्द्रीय निर्णयले पार्टीहरु मिलेर चुनामा जाने अबस्था आएपनि काँग्रेस तयार रहेको बताउनुभयो । जिल्ला सभापति थापाले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारी दर्ता भइसकेको र प्रत्यक्षतर्फका उम्मेदवार चयन प्रक्रिया सुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताउन भयो ।
कार्यक्रममा जिल्ला समितिको पदाधिकारीहरु, भावी उम्मेदवारको बन्द सूचीमा परेका उम्मेदवारहरु, नगर प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
Related






