
भक्तपुर, २३ पुस । सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताउनु भएको छ । नेपाल पत्रकार महांघ भक्तपुर जिल्ला शाखाको २९ औं स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै उहाँले चुनाबमा उठ्ने भनेर आफ्नाबारे बाहिर आएका समाचारमा सत्यता नरहेको बताउनु भएको हो ।

मिडियामा आएका आफ्ना समाचारकाबारे स्पष्ट पार्दै मन्त्री खरेलले भन्नुभयो, “म चुनाबमा उठ्ने रे भन्ने कराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठन् रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, सञ्चार माध्यममा तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनाबमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमामा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।”

प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वका सकरारको ध्यान सफल रुपमा चुनाब गराउनु नै रहेको बताउदै उहाँले आफ्नो ध्यान चुनाबमा केन्द्रीत भएपनि फरक ढंगले समाचार आउनुलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गर्नुभयो । पत्रकारिताले विश्वसनीयता, सन्तुलन र सत्यतथ्यलाई कायम राख्नुपर्नेमा जोड दिदै उहाँले फागनु २१ मा निर्वाचन हुदैछ, उक्त निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाधली रहित ढंगबाछ सम्पन्न हुने बताउनु भयो । निर्वाचनमा सही, सत्यपरक र सन्तुलित सूचना एवं समाचार विश्वसनीय ढंगले सम्प्रेषण गर्न आग्रह उहाँले आग्रह गर्नुभयो ।

मन्त्री खरेलले चुनाब नजिकिदै गर्दा मतदाता शिक्षालाई प्रभावकारी पार्ने, चुनाबलाई निष्पक्ष, धाँधली, स्वतन्त्र बनाउने, सही उम्मेदवार छान्ने, सही ठाउँ सही तरिकाले भोट रद्ध नहुने गरि मतदान गर्ने र राम्रो नेतृत्व चयन गर्ने सन्दर्भमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने औल्याउनुभयो । आमनागरिकले सञ्चार माध्यमबाट कुन पार्टी ठिक, कुन नेता ठिक, कुन चुनाब चिन्ह ठिक, कसरी मत हाल्ने, कसरी सही तरिकाले मत हाल्दा बदर हुदैन, मतदान केन्द्रमा सेवा सुबिधा के छ, सबैजना मतदानमा जानु पर्छ भन्ने कुरा जानकारी दिन लाग्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री खरेलले भन्नुभयो, “देश किन बन्न सकेन, कसका कारण बन्न सकेन, कति वटा व्यबस्था परिविर्तन भए, पञ्चायत आयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, सबै व्यबस्था परिवर्तन भए, कयौ व्यक्तिहरु शासन व्यबस्थामा आए, सरकार चलाए, प्रधानमन्त्री चलाए, मन्त्रीहरु बने तर देश किन बनेने ?, जनताको अबस्था किन सुध्रने त ? किन जेन्जी जनआन्दोलन हुनु पर्यो, दर्जनौले बलदानी दिनु पर्यो भन्नेबारेमा समाचार माध्यमले समाचार ल्याउनु पर्छ ।”

मलुकले परिवर्तन खोजेको छ, परिवर्तनका लागि अब फेरी मुलकमा रगत बग्न हुदैन, जेन्जी दाजूभाई दिदी बहिनीहरु मर्ने दिन फेरी आउनु हुदैन, फेरी बलिदानी दिनु पर्ने अबस्था आउनु हुदैन भन्दै उहाँले त्यस्तो दन आउन नदिन एउटा ठूलो अवसर आएको र आउँदो चुनाबबाट राम्रो व्यक्ति, राम्रो पार्टी, राम्रो नेतालाई नेतृत्वमा ल्याएर परिवर्तन गर्नु पर्ने बताउनुभयो ।
उहाँले नेपालमा मिडिया धेरै भएकाले व्यवसायीकरण तर्फ जान नसकेको बताउदै भन्नुभयो, “ हाम्रो देशमा करिब १३ हजार पत्रकार छन्, १३ हजार वटा नै सञ्चार माध्यम छ, त्यो भन्दा बढी होला, कसरी धान्या होला, कसलाई पत्याउन हो, कसलाई मान्ने हो, हाम्रा देशमा १३ हजार मिडिया आवश्यक हो कि होइन, धान्न सकिन्छ कि सकिदैन, यी सञ्चार माध्यम कसरी सर्भाइव गर्ने बडो जोखिमपूर्ण अबस्था छ, यसलाई सम्बद्ध निकायले गहन तबरले बुझ्नु पर्छ ।” मिडियाले मिस इन्फरमेशन, डिस इन्फरमेशन र फेक न्यूजको शिकार धेरै नै भइरहेको छ भन्ने आमनागरिकको भनाई रहेको बताउदै उहाँल यसलाई कसरी निरुत्साहित गर्ने र कसरी पत्रकारितामा व्यवसायीकता ल्याउने भन्नेबारेमा सोच्नु आवश्यक रहेको बताउनुभयो ।

वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पत्रकारिता क्षेत्रका सबै समस्या अहिलेको सरकारले समाधान गर्नु पर्नेमा जोड दिदै लाईक र भ्युअर्स आउने आशामा जथाभावी समाचार सम्पूेषण नगर्न आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, “प्रदेश सरकार प्रति अनेकौ किसिमका भ्रमहरु फैलाउने, प्रदेश सरकारले गर्दा देशलाई ठूलो धनराशी घाटा भयो, मन्त्री, सांसदले धेरै सेवा सुबिधा लिए भनेर पनि आको छ, अनेकौ घाटा भयो भन्ने कराहरु आएका छन्, प्रदेशका माननीय र प्रदेशका सरकारले सबै सेवा सुबिधा आए भन्ने कुरा आएको छ । प्रदेश सरकारको विषयमा पनि पत्रकारले सत्य तथ्य लेखेर प्रदेश सरकार चाहिने हो कि हाइन, अहिलेको संरचनामा आवश्यक छ कि छैन भनेर लेखिदिन आग्रह गर्नुभयो ।‘
कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले प्रेसस्वतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई फरक ढंगले बुझिदिनु पर्ने बताउनुभयो । उहाँले समाचार गहन विषय भएकाले सत्य, तथ्यमा आधारित भएर नै जानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष उम्मिद वागचन, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिश रेक्का, महासंघका काठमाडौं अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की, पत्रकार कबिर राणा, शाखाको पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, सम्मानित पत्रकार पेशल आचार्य, कार्यक्रमका सभापति एवं शाखा अध्यक्ष सुन्दर शिल्पकार, महासंघ भक्तपुर शाखा उपाध्यक्ष नविना खर्बुजा, उपाध्यक्ष हेमराज ढकाललगायतले पत्रकारको हकहितमा सरकार लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार पेशल आचार्यलाई स्व. भगवाणदास राजकुमार महजएन स्मृति पत्रकारिता पुरस्कार, पत्रकार लीला श्रेष्ठलाई क्रियासिल महिला पत्रकारिता पुरस्कार र पत्रकार विनोद कोजूलाई स्व. मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।
Related






