हामीसँग जोडिनुहोस

स्वास्थ्य मन्त्रालयद्वारा धादिङको शिशुको हेलिकप्टरमार्फत आपत्कालीन उद्धार

1 मिनेट

हेटौंडा । धादिङ जिल्लाको खनियाबास गाउँपालिकास्थित खनियाबास ग्रामीण अस्पतालमा जन्मिएका एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्थाका कारण बुधबार हेलिकप्टरमार्फत आपत्कालीन उद्धार गरिएको छ। जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा १९ बर्षकि आमा चुनमाया सहित शिशुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो।

शिशुको जन्म बिहान करिब ९ बजेर २० मिनेटमा भएको थियो। करिब ३,७०० ग्राम तौल भएका शिशु जन्मनासाथ नरोएको, शरीर निलो देखिएको तथा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम भएपछि अवस्था गम्भीर बनेको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो।

ग्रामीण अस्पतालमा तत्काल प्रारम्भिक उपचार गरिएको भए पनि आवश्यक विशेषज्ञ सेवा र उपकरणको अभावका कारण आपतकालीन उद्दार गरिएको निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले बताउनुभयो । वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाको समन्वय र निर्देशनमा दिउँसो १ बजेर २० मिनेटमा शिशुलाई हेलिकप्टरमार्फत आपतकालिन उद्धार गरि कान्ति बाल अस्पताल, काठमाडौँ पुर्‍याइएको जनाइएको हो।

अस्पताल पुगेलगत्तै शिशुलाई नवजात सघन उपचार कक्ष (एनआइसीयू) मा भर्ना गरी विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको छ । मन्त्री थापाले अस्पतालसंग शिशुको अबस्थाबारे जानकारी लिनु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।