हामीसँग जोडिनुहोस

आफ्नो ठाउँमा विकासको मूल फटाउने नेताको स्वागत गर्न साँझसम्म हातमा फूलमाला लिएर करिरहे बालकोट वडा नं. ३ खल्पिटारका जेष्ठ नागरिक

5 मिनेट

भक्तपुर, ६ फागुन । साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो तर सूर्यविनायक नगरपालिका वडा नं. ३ सलमपाखाका जेष्ठ नागरिक, महिला र जेन्जी युवाहरुको आफ्नो ठाउँमा विकासको मूल फुटाउने, निडर, साहसी नेता एवं नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई स्वागत गर्दै वियजीको आर्शिवाद दिन हातमा अबिर, फूल, माला र खादा लिएर कुरिरहेका बा आमाहरुको धैर्यको बाँध फुटेको थिएन ।

एमालेका पक्षमा घन्किरहको नारा र र्याली नजिकै आए प्रतिक्षालाई बिट मार्दै बुढी आमाले लौ है आइपुगे महेश बस्नेत, दहीको सगुन पनि ल्याउँ ल्याउँ । उमेर पाकौ भइसकेका ती बृद्ध बा, आमाको माया, भेटन आतुर मन, र्याली तिरै तन्किरहेका आँखालाई देख्दा जो कोहीको मन ढक्क फुल्छ । लाग्थ्यो, स्थानीय ती बा, आमा, दिदी बहिनी र युवाहरुको त्यो अगाध माया नेता महेश बस्नेतलाई मात्रै थिएन । देशलाई थियो, विकासलाई थियो ।

र्यालीसहित एमाले नेता महेश बस्नेतसहितको टोली आइनपुग्दै हतारिदै ती बा आमाले भन्नुभयो, यो देश जोगाउने नेता तिमी नै हौ, है बाबु । तिमीमा हामीले देखेको आँट, अठोट र हिम्मत देखेर धेरै भरोसा जागेको छ । यो देशलाई माथि उठाउ, भ्रष्टाचार अन्त्य गर, हाम्रो ठाउँमा जस्तै सबै ठाउँको विकास गर । हामीलाई तिम्रो भन्दा धेरै माया यो देशको छ, यो देश जोगाउने हिम्मत र साहस तिमीमा छ ।

सलमपाखाको त्यो चोकमा झमक्क साँझमा एक हुल जेष्ट नागरिकदेखि महिला, पुरुष र जेन्जी पुस्ताका युवाहरुलेसमेत अबिर, फूल, माला र खादा ओढाएर दहीको सुगन दिए । नेता बस्नेतले जनताको आशा, भरोास र विश्वासलाई टुट्न नदिने विश्वास दिलाउँदै प्रतिबद्धता व्यक्त गर्नुभयो । बालकोट माडी गाउँदेखि सलमपाखा, पानी ट्यांकीसम्मका बासिन्दाले चोकचोकमा यसैगरि भव्य स्वागत गरेका थिए ।

बुधबार ३ बजे सूर्यविनायक वडा नं. ३ बालकोट नयाँ बस्ती भट्टाराई चोक, फलामे पुल, बन्दना डेरी, गणेश प्रावि, स्वास्थ्य चौकी, कृष्ण मन्दिर, प्रिसियस स्कुल, ओम साई स्कुल, प्रहरी चकी, ढुड्गेधारा, माडि टोल, सूर्यचोक, मायाको दोबाटो, भुजेल टोल, अधिकारी टोल, घिमिरे चोक, खनाल टोल, माडी टोल, सरस्वती मन्दिर, पानी ट्यांकी हुदै भिजन बैंक्वैटमा पुगेर घरदैलो सम्पन्न भएको थियो । घरदैलोमा पार्टी अध्यक्ष बचन देउजादेखि बालकोटवासीहरुको सहभागिता रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।