हामीसँग जोडिनुहोस

देशैभर ‘मादलमय’ अभियान चलाउन सुवालको आह्वान, ‘नेमकिपा नै राष्ट्रवादी विकल्प’

1 मिनेट

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तर्फबाट भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले देशव्यापी रूपमा ‘मादलमय’ अभियान चलाउन मतदातासँग आह्वान गरेका छन्।

रफत सञ्चार क्लबमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले २१ गतेको निर्वाचनलाई राष्ट्रवादी र राष्ट्रघाती शक्तिबीचको निर्णायक प्रतिस्पर्धा भएको दाबी गरे। “निर्वाचन हाम्रो लागि ब्यारोमिटर हो। यसले देश कता जाने भन्ने दिशा तय गर्छ,” उनले भने।

सुवालले विगतमा देश लुट्नेहरू फेरि मत माग्न आउने भन्दै मतदातालाई सचेत हुन आग्रह गरे। “मत नै देश परिवर्तनको अन्तिम अस्त्र हो। मादल चिन्हको विकल्प छैन,” उनले जोड दिए।

कामदार वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएकाले जनताले नेमकिपालाई जिताउनुपर्ने उनको भनाइ थियो। उनले संसदलाई पद र सत्ताको थलो होइन, देश र जनताको सेवा गर्ने मञ्चका रूपमा लिँदै आएको उल्लेख गर्दै गलत ऐन–नियम पारित हुन नदिन नेमकिपाले भूमिका खेलेको दाबी गरे।

सीमा अतिक्रमण, विदेशी विस्तारवाद र एमसीसीजस्ता सम्झौताविरुद्ध आफ्नो पार्टीले निरन्तर आवाज उठाएको उनले बताए। जलविद्युत् स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने, विदेशी नागरिकता लिएकाहरूको नागरिकता खारेज गर्नुपर्ने तथा बंशज आमा–बुबाका सन्तानलाई मात्र बंशजको नागरिकता दिनुपर्ने माग पनि उनले दोहोर्‍याए।

युवालाई अनिवार्य सैनिक तालिम, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण, प्रत्येक प्रदेशमा हिमाल–पहाड–तराई समेटिने गरी संविधान संशोधन, तराईलाई अन्न भण्डार बनाउने र चुरे दोहन रोक्ने जस्ता एजेन्डा आफ्नो घोषणापत्रमा समेटिएको उनले जानकारी दिए।

देशका उद्योग–कलकारखाना निजीकरणभन्दा सामाजिककरणमार्फत सञ्चालन गर्नुपर्ने, गोरखा भर्ती केन्द्र बन्द गर्नुपर्ने र राष्ट्रिय सार्वभौमसत्तामाथि आघात पुग्ने सम्झौता अस्वीकार गर्नुपर्ने उनको भनाइ थियो।

नेमकिपाले १२० स्थानमा प्रत्यक्ष उम्मेदवारी दिएको र ४५ जना महिला उम्मेदवार उठाएको उल्लेख गर्दै उनले महिलाको अधिकार सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको बताए। भदौ २३–२४ को घटनामा सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सुवालले अन्य दललाई मत दिनु “भष्मासुरलाई वरदान दिनुजस्तै” हुने टिप्पणी गरे।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।