हामीसँग जोडिनुहोस

स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गर्दै विकास, सम्बृद्धि र राष्ट्रका लागि महेश बस्नेतको जीत अपरिहार्य : उम्मेदवार महत

4 मिनेट

भक्तपुर, ।  आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका नवीनकुमार महतले आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गर्दै महेश बस्नेतलाई समर्थन गर्नु भएको छ ।

नेकपा एमालेले सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार बिरुवामा आयोजना गरेको घरदैलो कार्यक्रममा उम्मेदवार महतले एमाले पार्टी प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणा सहित एमाले उम्मेदवार महेश बस्नेतलाई विजयी गराउँन आव्हान गर्नु भएको छ ।

  नेपाल एकता पार्टीका सस्थापक प्रवक्ता समेत रहिसक्नु भएको महतलाई एमाले केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बस्नेतले घरदैलो कार्यक्रममा महतलाई पार्टीमा स्वागत गर्दै टीका, माला र खादा लगाएर स्वागत गर्नुभयो । एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, प्रदेश कमिटीका नेता शशीजंग थापा, एमाले नेता राजेन्द्र राजथला, एमाले जिल्ला उपाध्यक्ष किरण थापालगायतका जिल्लास्तरीय नेताले महतलाई एमालेमा स्वागत गर्नु भएको थियो ।

त्यस क्रममा एमाले सचिव एवं एमाले उम्मेदवार महेश बस्नेतले भक्तपुरको विकास र समृद्धि तथा देश रक्षा गर्दै राष्ट्रियता बचाउन लोकतन्त्रवादी पक्षधरहरुको यस प्रकारको एकता आवश्यक रहेको बताउनुभयो ।

उहाँले महतको आगमनले फागुन २१ को निर्वाचनमा फराकिलो मतान्तरले एमालेका उम्मेदवार विजयी हुने सुनिश्चत भएको भन्दै देश बनाउनेहरु एक ठाउँमा आउनु पर्ने बताउनुभयो । उहाँले विदेशीको चंगुलबाट देशलाई बचाएर अस्थिरताको अन्त्य गरि देश विकाससंगै समृद्धिमा लाने, जेनजीको मागलाई पुरा गर्ने, भ्रष्टाचारको अन्त्य गर्न एमाले प्रतिबद्ध रहेको बताउँनुभयो ।

अहिलेको निर्वाचन विगतका निर्वाचन भन्दा फरक परिवेश र घट्नाक्रमले जन्माएको भन्दै उहाँले देश बनाउने, भत्काउनेबीचको प्रतिस्पर्धा निर्वाचनमा प्रष्ट देखिएको बताउनुभयो । सरकारले निष्पक्ष निर्वाचन गराउन सक्नु पर्ने बताउदै उहाँले कहि, कतै र कुनै बाहनामा गलत हुन नहुने बताउनुभयो ।

एमाले पार्टी प्रवेश गरि उम्मेदवारी फिर्ता गरेसंगै नेता महतले भन्नुभयो, “अहिले देशलाई एमालेको आवश्यकता भएको महसुस गरे, देश र जनताको लागि, राष्ट्र र राष्ट्रियताका लागि देश र भक्तपुर जिल्लाको विकास एवं समृद्धिका लागि महेश बस्नेतको अपरिहार्यता देखियो, त्यसैले मेरो उम्मेदवारी आजैका मितिबाट फिर्ता लिएर म र मेरो समर्थकका सबै मतदातालाई महेश बस्नेतलाई मतदान गरि अत्याधिक मतले विजयी गराउन आव्हान गर्दछु ।”

क्यामरा मत चिन्ह लिएर निर्वाचनमा आउनु भएका महतले अब क्याम।ामा मतदान नगरी सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले आजको घरदैलोमा समेत एमाले उम्मेदवार महेश बस्नेतलाई मत माग्दै र्यालीमा सहभागिता जनाउनु भएको थियो ।

स्वतन्त्र उम्मेदवार नवीनकुमार महत र महेश बस्नेत तथा महत र एमाले जिल्ला उपाध्यक्ष किरण थापाबीच भएको छलफल साँझ सहमति बनेको हो ।
राजनीतिक विश्लेषकहरूको दृष्टिमा, यो वार्ता केवल व्यक्तिगत सहमति नभई रणनीतिक समझदारीको संकेत भएको भन्दै नवीनकुमार महतले बारम्बार “व्यक्तिगत स्वार्थभन्दा राजनीतिक एजेन्डा महत्वपूर्ण” मान्दै आएकै कारण एमाले सचिव महेश बस्नेतलाई समर्थन गरेको बताईएको छ ।

देश विकासका लागि सामरिक एकता आवश्यक रहेको बताउदै आएका महतसंगको एकता र समर्थनले भक्तपुर–२ मा चुनावी समीकरण निर्णायक मोडमा पुग्न देखिएको छ । विशेषगरी पूर्वसैनिक पृष्ठभूमि भएका तथा अनुशासित, इमान्दार छवि बनाएका युवा नेताका रूपमा उहाँले निर्माण गरेको आधारले एमालेको मत आधार थप सुदृढ हुन सक्ने आँकलन गरिएको छ ।

सैनिक तथा पूर्वसैनिक परिवारहरूको समर्थन, बौद्धिक क्षमताको छवि, र स्वतन्त्र उम्मेदवारको प्रभाव—यी तीनै तत्व एकताबद्ध भएमा स्थानीय राजनीतिमा प्रभावशाली परिणाम आउन सक्ने विश्लेषण भइरहेको छ । “क्यामेरा” चुनाव चिन्ह र एमालेबीच सहकार्य भएमा जीततर्फ उन्मुख हुने सम्भावना बलियो बन्ने चर्चा चलिरहेको छ ।

त्यसो त यही फागुन ६ गते बालकोटको घरदैलो कार्यक्रममा आगामी निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा संयुक्तबाट उम्मेदवारी दिनुभएका लोककृष्ण दाहाल अर्थात (एलके दाहाल) पनि नेकपा एमालेमा प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोरणा गर्दै एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गर्नुभएको थियो ।
उहाँले पनि विकास र समृद्धिका लागि महेश बस्नेतका अवश्यकता महसुर गरि आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गर्दै एमाले उम्मेदवार महेश बस्नेतलाई विजयी गराउन आव्हान गर्न भएका थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।