हामीसँग जोडिनुहोस

५२ वर्षपछि राप्रपा त्यागेर एमाले प्रवेश, महेश बस्नेतलाई विजयी गराउने उद्घोष

2 मिनेट

भक्तपुर, । देशको उज्जव भविश्य भएकाले यो भविश्यलाई अंगाल्न २०२० सालदेखि पञ्चायती व्यबस्थालाई समर्थन गर्दै राप्रपामा आबद्ध रहदै आएका ७२ वर्षीय रामप्रसाद चौलागाई एमाले प्रवेश गरेका छन् ।

चुनाव प्रचारका लागि एमालेले आयोजना गरेको घरदैलो कार्यक्रममा बिरुवा बसपार्कमा भव्य कार्यक्रमबीच चौलागाई एमाले प्रवेश गरेका हुन् ।
उनलाई एमाले केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले माला लगाएर, एमाले जिल्ला अध्यक्ष वचन देउजाले टीका लगाएर र प्रदेश सदस्य शशीजंग थापाले खादा ओढाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश गरेपछि चौलागाईले विकास प्रेमी नेता भएकाले २०२० सालदेखि सक्रिय रहदै आएके पञ्चायती व्यबस्था र राप्रपा त्यागेर एमाले प्रवेश गरेको बताए ।

पार्टी प्रवश गर्दै चालागाईले भने, “५२ वर्ष पछि मेरो आत्मालाई महेश बस्नेतलाई सुम्पिए, महेश बस्नतले यस क्षेत्रमा गरेको विकास, साह्रै सह्रायिन छ, यहाँका खाल्डाखुल्डी र हिलाम्मे सडक आज चिल्लो कालो पत्र बनेको छ, कुमको धक्का लाएर हिडनु पर्ने साँघरो बाटो आज फराकिलो भएका छन् ,आफ्नै दैलोमा सवारी साधन पुग्ने भएका छन्, यो सबैको देन महेश बस्नेतको हो, हामी खानेपानी नपएर काकाकुल भएको थियौ, यो खानपानी ट्याङ्की बनाएर खानेपानीको व्यबस्था गरे पछि पानीमा सन्तुष्ट छौं । यहाँको विकास देखेर अहिले हाम्रो भक्तपुर भन्न पाएका छौं, त्यसैले महेश बस्नेतलाई मैलै समर्थन गरे ।

घरदैलोमा जेन्जीदेखि जेष्ठ नागरिकसम्मले सूर्यमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै चोक चोकमा शुभकामना व्यक्त गरेका थिए ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।