हामीसँग जोडिनुहोस
Latest
शुक्रबार, बैशाख ४, २०८३

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई ४२ लाखको गाडी हस्तान्तरण

2 मिनेट
भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि ४२ लाख ९० हजारमा खरिद गरेको प्रहरीको गाडी हस्तान्तरण गरेको छ ।
आज नगरपालिकामा आयोजना गरेको गाडी हस्तान्तरण कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालाई गाडीको साँचो, ब्लूबुक तथा सम्पूर्ण कागजपत्रसहित गाडी हस्तान्तरण गर्नु भएको हो ।
नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अबस्थामा भवन पुर्ननिर्माणका लागि नगरपालिकाले नगद रु. १५ लाख प्रदान गरेको बताउदै आज प्रहरीका लागि गाडी हस्तान्तरण गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीको भवनसंगै सबै गाडीहरु जलेकाले अहिले गस्तीका लागि समेत सेवा प्रवाहमा समस्या आएपछि नगरपालिकाले गाडी किनेर हस्तान्तरण गरेका छौं, जनताको सुरक्षाका लागि यो गाडी प्रयोग हुनेछ ।”
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रहरीको भवनदेखि सवारीसाधनमा समेत क्षति पुगेको अबस्थामा स्थानीय सरकारले गरेको सहयोगले प्रहरीलाई सेवा प्रवाहमा ठूलो सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नगरपालिकाको कार्यपालिका बैठकले बजेट पारित गरी भ्याट सहित कूल रु. ४२ लाख ९० हजारमा खरिद गरेको गाडी आज प्रहरीलाई हस्तान्तरण गरेको बताउनुभयो ।
प्रहरी उपरीक्षक खड्काले आजैबाट जनसेवाका नगरपालिकाले हस्तान्तरण गरेको गाडी प्रयोगमा आने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा अध्यक्षहरु सानुकाजी कायस्थ, प्रदीप कार्की, लक्षुराम न्यौपाने, रबिन्द्र सापकोटा, पुष्पराज बस्नेत, शिवराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, शर्मिला बस्नेत, सुमन परियारलगायतले नगरपालिकाले सामाजिक क्षेत्रमा आफ्नो दासयत्व बहन गर्दै आएको र त्यसको ज्वलन्त उदाहरण प्रहरीलाई गाडी हस्तान्तरण भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।