हामीसँग जोडिनुहोस
Latest
शनिबार, बैशाख ५, २०८३

विरामीको उपचारमा अस्पतालहरुले दिने सेवामा सर्वसाधारणको सहज पहुँच उपलब्धता हुनु आवश्यक : स्वास्थ्य मन्त्री शर्मा

2 मिनेट
भक्तपुर, २८ फागुन ः स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले जुनसुकै स्वास्थ्य सेवा एवं विरामीको उपचारमा अस्पतालहरुले दिएको सेवामा सर्वसाधारणको सहज पहुँच उपलब्धता हुनु पर्ने बताउनु भएको छ ।
विश्व मृगौला दिवस २०२६ को अवसरमा आज शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले विरामीको उपचार सेवा सहज रुपमा पाउनु पर्ने बताउनु भएको हो ।
उहाँले  राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियान निकै सकारात्मक रहेको चर्चा गर्दै केन्द्रको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन आफूले पहल गरिरहेको बताउनुभयो ।  मृगौला रोगकाबारेमा सर्वसाधारणमा प्रभावकारी जनचेतना पुग्न सके नागरिकबाट सकारात्मक भूमिका निर्वाह हुने बताउदै उहाँले केन्द्रले देशभरि सञ्चालन गरेको अभियानलाई अझै बिस्तार गर्नु पर्ने बताउनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, “अंंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन, उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना आमनागरिकमा पुर्याउन सके अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।”
कार्यक्रममा अस्पतालकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले प्रत्येक १० जना मध्ये एक जनलाई मृगौला रोग लाग्ने गरेको बताउदै विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेकाले रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने केन्द्र लागिरहेको बताउनुभयो । कार्यकारी निर्देशक डा. श्रेष्ठले मृगौला उपचारको क्षेत्रमा केन्द्र देशकै नमुना केन्द्रको रुपमा स्थापित भई हालसम्म १ हजार ५८६ जनाको मृर्गौला, ३६ जनाको कलेजो र दैनिक १५० जनाको डाइलाइसिस सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।
यसअघि आजै केन्द्रले भक्तपुरमा आयोजना गरेको जनचेतनामूलक मृर्गौला  पदयात्रा केन्द्रबाट धिमे बाजा, ब्यानर र प्ले कार्ड सहित सुरु भएको र्याली नपुखु हुँदै भक्तपुर दरवार स्क्वायर, साकोठा,  टौमडी, पोटरी स्क्वायर, नासमना, बंशगोपाल, तेखापुखु, भार्वाचो, भक्तपुर मिनि बस पार्क हुँदै पुनः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आएर सभामा परिणत भएको थियो ।
उहाँले अत्यन्त साँघुरो भवनबाट सेवा प्रवाह हुँदा केन्द्रको सेवा विस्तार गर्न नसिकएको बताउँदै सरकारले छिटोभन्दा छिटो केन्द्रलाई उचित स्थानमा जग्गा उपलब्ध गराउन आग्रह गर्नुभयो ।  मानब अंग प्रत्यारोपण केन्द्र विकास समतिकिा अध्यक्ष डा केशरबहादुर ढकालले यस अस्पताललाई विशिष्टीकृत केन्द्रको रुपमा विस्तार गर्नुपर्ने औल्याउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।