हामीसँग जोडिनुहोस
Latest
शनिबार, बैशाख ५, २०८३

एमाले अध्यक्ष केपी ओलीद्धारा अस्पतालमा पितालाई श्रद्धाञ्जली अर्पण, पुगे सचिव महेश बस्नेतसहित नेताहरु

1 मिनेट
भक्तपुर, २९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।
मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान ४ः३० बजे पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको थियो । बिहान १० बजे पितालाई श्रद्धाञ्जली अर्पण अध्यक्ष ओली, उहाँको पत्नी राधिका शाक्यसहित अस्पताल पुग्नु भएको थियो ।
अस्पताल प्राङ्गनमा ओलीसहित नेकपा एमालेका सचिव महेश बस्नेत, भानुभक्त ढकाललगायतका केन्द्रीय नेताहरु एमाले भक्तपुुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगर, जिल्लास्थित नेताहरु, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले अस्पताल प्राङ्गनमा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक डा. डि.के. रौशनका अनुसार आज बिहान करिब ४ बजे उहाँलाई उपचारका लागि अस्पताल ल्याईएको र विगत ६ महिनादेखि यसै अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको जानकारी दिनुभयो ।
दिवङ्गत ओलीको आजै ११ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने एमाले सचिव बस्नेतले जानकारी दिनुभयो । ओलीका जेठो पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित तीन छोरी हुनुहुन्छ । कान्छा पुत्र आजै झापाबाट पशुपति आर्यघाट आइपुग्नु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।