
रेडियो जनसञ्चारको १८ औं र जनसञ्चार टेलिभिजनको छैठौ वर्षमा प्रवेश गरेको अवसरमा आज भक्तपुरमा बृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा आयोजित सो शिविरमा १५५ जना भन्दा बढीले स्वास्थ्य परिक्षण गर्नुका साथै २५ जनाले रक्तदान गरेका छन् ।

रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनका संचालक सुरेश प्रसाद सैंजूको सभापतित्वमा आयोजित सो कार्यक्रमको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । रेडियो जनसञ्चारले स्थापना काल देखि जनताको आवाज जनताको विचार नाराका साथ समुदायमा आधारित रेडियोको रुपमा २०६५ साल देखि निरन्तर प्रशारण गर्दै आएको छ भने २०७७ साल देखि सुरु गरेको जनसञ्चार टेलिभिजनले स्वतन्त्र पत्रकार संघ भक्तपुरको सह आयोजनामा वार्षिकोत्सव समारोह मनाएका हुन ।

Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






