हामीसँग जोडिनुहोस
Latest
शनिबार, बैशाख ५, २०८३

तीन छाराछोरीको किरिया बसेका बाबु भन्छन् : सरकार छोराछोरीको मृत्यु प्रमाण दिलाईदेउ

2 मिनेट
-रमेश गिरी
भक्तपुर, २३ चैत : सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशिल समाज बस्तीको तीन तले घरको छिढीँको सटरमा सेता कपडामा कोरा बारेर बेपत्ता आफ्नै तीन छोराछोरीको किरियामा बस्न भएके आज आठौ दिनमा पनि ६६ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहारमा बल्झिएको पीडा झल्किन्थ्यो ।
किरियामा बसेको श्रीमान्, नजिकै पुराण भनिरहेका पण्डितका वाणीले पनि छेक्न नसकेको छोराछोरी गुमाउँदाको पीडामा भावविव्हल सरिता श्रेष्ठको अबस्था पनि उत्तिकै कारुणिक दखिन्थ्यो ।
गतअसोज १८ गते लाङ्गटाङ्ग घुम्न जादा बेपत्ता भएका एकै परिवारका २६ वर्षीया सनिता श्रेष्ठ, बहिनी २४ वर्षीया संस्कृति श्रेष्ठ र भाई २० वर्षीय किसन भन्ने चितलाल श्रेष्ठको ६ महिना पछि यही चैत १६ गते परिवारले पशुपति आर्यघाटमा तीन वटा कुशको शव बनाएर हिन्दु परम्परा अनुसार सदगत गरेपछि यतिखेर परिवार गहिरो शोकसंगै किरियामा छ ।
रोट्रयाक क्लबको नेतृत्वमा गत असोज १६ गते दसैंको टीका लगाएर घुम्नका लागि १७ गते बिहान पाँच दिने यात्रामा १६ जनाको टोली लाङटाङ निस्किएकोमा १८ गते शनिवार दिउँसो करिब ५ बजे बेरिङ खोल्सा तर्ने क्रममा आएको पहिरोसंगैको लेदो पानीले बगाएर गहिरो खोचमा खसालेर चार जना बेपत्ता भएका थिए ।  बेपत्ता भएपछि ६ महिनादेखि शोक र पीडामा रहेका श्रेष्ठ परिवार बेपत्ता सन्तानको मृत्यु प्रमाणपत्र नपाउँदा थप पीडामा रहेको बताउनुहुन्छ बेपत्ताका काका केशव श्रेष्ठ ।
रसुवाको खोल्छादेखि आसपासका क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसहितको सुरक्षा टोलीदेखि सरोकारवाला निकायले कयौ दिन लगाएर खोज्दा पनि नभेटिएपछि रसुवाको प्रमुख जिल्ला अधिकारीले घट्ना विवरणसहित पठाएको पत्रबाट पनि उनीहरु जिवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर दाह संस्कार गरि किरियामा बसेको उहाँ बताउनुहुन्छ ।
उनीहरुसंगै बेपत्ता भएका भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने २३ वर्षीय रवि श्रेष्ठसमेत अहिलेसम्म भेटिएका छैनन् ।
प्रतक्ष्यदर्शीका अनुसार यात्राका क्रममा खोल्छा तर्ने क्रममा अचानक माथिबाट आएको पहिरोसंगैको लेदोमा पहिलोपटक सनिता बगिन र उनलाई बचाउन गएकी बहिनी संस्कृति पनि बगिन, फेरी उनलाई पनि बचाउन जादा भाई कृष्ण समेतलाई बगायो भने उसलाई बचाउन गएका साथी रबिलाई समेत बगाएपछि चारै जना बेपत्ता भएका थिए ।  तत्कालिन समयमा नुवाकोटको सिमानासम्म खोज तथा उद्धार टोली परिचालन गरेर महिना दिन खोज्दा पनि नभेटिए पछि जिल्ला प्रशासन कार्यालयले घट्नाको विवरणसहित पत्र पठाएको उहाँ बताउनुहुन्छ ।
किरियामा बस्नु भएका कृष्णबहादुर भन्नुहुन्छ, “एकै पटक तीन सन्तान गुमाउनुको पीडा त छदैछ तर राज्यले दिने मृत्यु प्रमाणपत्र समेत परिवारले नपाउँदा भने पीडा माथि पीडा थपिएको छ, सरकार हामीलाई तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाईदेऊ ।”
उनीहरुको मृत्यु प्रमाण पत्र नपाउँदा बिमादेखि बैंक खातामा रहेको रकमसमेत बाबुआमाको खातामा सार्न नपाएको भन्दै कानूनी प्रक्रिया देखाउँदै मृत्यु प्रमाण पत्र नपाउँदा पीडा माथि पीडा थपिएको उहाँ बताउनहुन्छ ।
उहाँ भन्नहुन्छ, “मृत्यु प्रमाणपत्र लिन वडा, नगरपालिका, भक्तपुर जिल्ला अदालतदेखि गृहमन्त्रालयसम्म धायौ, तर अझै पाएनौ, सन्तानको सतगत गरिसक्यौ, बेपत्ता भएको र बेपत्ता जिवित नहुने अबस्था सबैलाई थाहा छ, यो लुकेको घट्ना त होईन नी, त्यसैले कानूनको कुन धारा प्रयोग गरेर हुन्छ सरकार तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाईदेऊ ।”
वडा कार्यालयले बेपत्ता भएको १२ वर्ष नभई मृत्यु प्रमाणपत्र दिन र सिफारिस गर्न नमिल्ने भनेर पन्छाईदिएको, नगरपालिकाले पनि त्यही भनेको बताउदै काका केशव श्रेष्ठले जिल्ला अदालतमा समेत रसुवाको सबै पत्र र विवरण बुझाउँदा पनि मृत्यु प्रमाण पत्र दिन आदेश नदिएको बताउनुहुन्छ ।nपरिवारले मृत्यु प्रमाणपत्र पाए बिमाको रकम र बैंकको रकम बाबुआमाको खातामा स्नानान्तरण गर्न सकिने उहाँको भनाई छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।