
भक्तपुर, २३ चैत : भक्तपुर नगरपालिका वडा नं. १० स्थित एक गाई फार्ममा आज आगोलागी हुँदा चार वटा गाई मरेका छन् भने केही गाईहरु घाईते भएका छन् ।
कमलबिनायक पाईपलाईनस्थित सुकुना फार्टमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घरभई हाल कमलबिनायक पाईपलाईनमा गाई फार्म सञ्चालन गर्दै आउनु भएकी लक्ष्मी पुरी गिरीको गाई फार्ममा आगोलागी हुँदा चारवटा गाई जलेर मरेको, फार्म जलेर नष्ट भएको र केही गाई घाईते भएको जुद्ध बारुण यन्त्र भक्तपुरको प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिनुभयो ।
विद्युतको लाईन सर्ट भई आगालागी भएको जानकारी आएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकलले आगो निभाएको थियो । जस्ताको टहराको फार्ममा लागेको आगोले पराल, भुसालगायत जलेका छन् । प्रहरीका अनुसार आगोलागीबाट करिब आठ लाख भन्दा बढीको क्षति भएको छ ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






