हामीसँग जोडिनुहोस
Latest
शनिबार, बैशाख ५, २०८३

‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव सुरु 

2 मिनेट
भक्तपुर, २६ चैत : नयाँवर्ष २०८३ सालको अवसरमा भक्तपुरमा ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२÷०८३’ आजबाट सुरु भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्थाले आजबाट भक्तपुरको सल्लाघारीमा आयोजना गरेको महोत्सवमा १८० वटा बिभिन्न स्टलहरु रहेको सथाका अध्यक्षसन्दीप महतले जानकारी दिनुभयो ।
उहाँले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गरेको बताउनुभयो ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु प्रर्दशनी एवं बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो ।
औधोगिक उत्पादनको प्रर्दशनी, हस्तकलाका प्रदर्शनी, काष्टठकला, माटोका भाडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, प्रबिधि सम्बन्धी गतिबिधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रर्दशनी एवं बिक्रीका लागि राखिएको उहाँले बताउनुभयो ।
स्थानीय उत्पादनलाई बजार प्रबद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिभिन्न सामानहरु एकै थलोमा सुपथ मुल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र साँस्कृतिक परम्परालाई कै थलोमा प्रर्दशन गर्दै प्रचार गर्ने उदेश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको जानकारी दिनुभयो ।
महोत्सवको संयोजक दीपक थापाले करिब पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन एवं अवलोकन गर्ने ल्यका साथ आयोजना गरेको महोत्सवमा बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको जानकारी दिनुभयो । भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्ने बताउदै महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग र पाँचवर्ष मुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिएकोे बताउनुभयो ।
लण्डन ब्रिज र चर्चित गायकगायिकाको सांसगीतिक प्रस्तुती विशेष आकर्षण :
महोत्सवमा मुख्य आकर्षणको रुपमा ‘लन्डन ब्रिज’ देखि दैनिक राष्ट्रियस्तरका चर्चित गायकगायिकाका. सांगीतिक प्रस्तुती रहने छ । उत्कृष्ठ बाल उद्यान, रोटी पिङ्ग, ड्रागन ट्रेन, नाउ तथा बच्चाको खेलौना, बिभिन्न प्रकारका खाना महोत्सव रहनेछ ।
दैनिक रुपमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको गीत, संगीतसहितको सांगीतिक प्रस्तुती,  हाँस्य व्यङ्ग्य फेशन शो, नृत्य प्रतियोगिताले महोत्सवलाई थप आकर्षण बनाउने अध्यक्ष महत बताउनहुन्छ । महोत्सव बैशाख ६ गते सम्पन्न हुनेछ । मेला बिहानबाट सुरु भएपनि उद्घाटन भने आज दिउँसो ४ बजे वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थाबाट हुने भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।