
यो दिवस मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरणमा मनाइन्छ। United Nationsको महासभाले सन् २०११ अप्रिल ७ मा प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल १२ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।

यस दिनले अन्तरिक्ष विज्ञान र प्रविधिको योगदानलाई सम्मान गर्दै दिगो विकास लक्ष्य हासिल गर्न यसको प्रयोगमा जोड दिन्छ।
सन् १९६१ अप्रिल १२ मा Yuri Gagarinले पहिलो पटक अन्तरिक्ष उडान सम्पन्न गरेका थिए। उनी पृथ्वीको परिक्रमा गर्ने पहिलो मानव बनेसँगै अन्तरिक्ष अन्वेषणको नयाँ युग सुरु भएको मानिन्छ।
यसअघि सन् १९५७ मा सोभियत संघले ‘Sputnik 1’ प्रक्षेपण गरेर अन्तरिक्ष अनुसन्धानको आधार तयार पारेको थियो।
त्यसपछि सन् १९६३ मा Valentina Tereshkova अन्तरिक्षमा पुग्ने पहिलो महिला बनिन् भने सन् १९६९ मा Neil Armstrongले चन्द्रमामा पाइला टेक्दै इतिहास रचे।
संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषण मानवजातिको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको लाभ सबै देशसम्म पु¥याउनुपर्नेमा जोड दिएको छ।
Related







