श्रावण २५ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट भकुण्डेमा एउटा कुवा छ । कुवा त देशमा लाखौँ होला तर यो कुवामा के फरक भयो त जसले गर्दा हाम्रो यस लेखमा स्थान पायो त ? कुवा चानचुने नभई तत्कालिन राजा भर्तिवमले पानी पिउनका लागि बनाएका थिए । राजा भर्तिवमले आफू र राज्यको लागि पिउनको लागि पानीको असुविधा भएको कारण यसको निर्माण गराए । राजा मेरर गए, इतिहासमा उनलाई इतिहासकार बाहेकले नचिन्लान । तर एउटा जिउँदो इतिहाँस बोकेको छ यो कुवाले । ्
राजा भर्तिबम मल्लले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा वनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ । कुवा कुन समयमा बन्यो भन्ने ठ्याक्कै जानकारी नभए पनि १६ औँ शताब्दीदेखि यो कुवामा पानी निरन्तर रसाइरहेको छ । भकुण्डेका स्थानिय बासीका अनुसार अन्यत्र खानेपानीका मुहानहरु नहुँदा सात्लेपानीमा रहेको सो कुवामा ज्यामरुककोटका बासिन्दाहरु पानी भर्नका लागि रातिदेखि नै लाइनमा बस्ने गर्दथ । तर एउटा इतिहाँस बोकोको यो कुवाको आजको हालत दयनिय छ । संरक्षण को लागि कसैको आँखा पुगेको छैन । भग्नावशेष हुँदै किंवदन्तीमा परिणत हुन बेर छ्रैन ।