हामीसँग जोडिनुहोस

लुम्बिनी प्रदेशका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

1 मिनेट

काठमाडौँ २ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारी सहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त मुद्दामा वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल तथा सह–लेखापाल अजय मिश्र लगायत संलग्न छन्।

आरोपपत्रअनुसार शीतभण्डार निर्माण योजनामा प्रचलित कानुनविपरीत काम नगरी अधुरो अवस्थामा छाड्दै रकम भुक्तानी लिई भ्रष्टाचार गरिएको आरोप लगाइएको छ। सम्मरीमाइ गाउँपालिका–५ सिद्धनाथमा निर्माणाधीन शीतभण्डारको गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी भुक्तानी लिएको भन्दै उजुरी परेको थियो।

उक्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७६र७७ मा ७१ लाख ९७ हजार ९८० रुपैयाँ हिनामिना भएको खुलेको आयोगले जनाएको छ। सोही रकम बराबर बिगो तथा जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।