
सम्पत्ति छानबिनका लागि आयोग गठ
सरकारले २०६२/६३ सालदेखि २०७२/७३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन तथा छानबिन गर्न आयोग गठन गरेको छ।

बुधबार मन्त्रिपरिषद् को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा चार सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।
आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल र पुरुषोतम पक्षपति, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्।
बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघि चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो। सो निर्णय शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३औँ बुँदामा समेटिएको छ।
उक्त कार्यसूचीमा देशमा बढ्दो भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) तथा दण्डहीनताको अन्त्य गर्ने उद्देश्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहनेगरी तोकिएको समयभित्र सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ।
Related







