
काठमाडौंमा कर्तव्यका क्रममा घाइते भई निधन भएका प्रहरी निरीक्षक अभय लामाप्रति राज्यका उच्च अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

गृहमन्त्री सुधन गुरुङ स्वयम्भू पुगेर दिवङ्गत लामाको अन्त्येष्टिमा सहभागी भई श्रद्धाञ्जली अर्पण गरेका हुन्। गृहमन्त्रीको सचिवालयका अनुसार कार्यक्रममा प्रहरी संगठनका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
अन्त्येष्टिमा दानबहादुर कार्की सहित वरिष्ठ प्रहरी अधिकृतहरू सहभागी भएका थिए।
प्रहरी निरीक्षक लामा गत चैत २९ गते तारकेश्वर नगरपालिका–८ डाँडागाउँ सडक खण्डमा ड्युटी सकेर घर फर्कने क्रममा सवारी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको वैशाख १ गते निधन भएको हो।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ निवासी लामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथअन्तर्गत कार्यरत थिए।
उनको निधनले प्रहरी संगठनमा शोकको वातावरण सिर्जना भएको छ।
Related







