हामीसँग जोडिनुहोस

काठमाडौं– नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ ले अस्पतालमा लागू गरिएको प्रतिबन्ध र बढ्दो महँगीका कारण औषधि प्रतिनिधिहरू (मेडिकल रिप्रेसेन्टेटिभ) प्रभावित

1 मिनेट

काठमाडौं– नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौंले औषधि प्रतिनिधिहरू (मेडिकल रिप्रेसेन्टेटिभ) को कार्य वातावरण सुधार गर्न सम्बन्धित निकाय र रोजगारदाता कम्पनीहरूको ध्यानाकर्षण गराएको छ।

संघले बिहीबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय अस्पतालहरूले लागू गरेका विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू तथा इन्धनको बढ्दो मूल्यका कारण दैनिक कार्यसम्पादनमा प्रत्यक्ष असर परेको जनाएको छ। विशेषगरी सिभिल अस्पताल, वीर अस्पताल लगायतका शिक्षण अस्पतालहरूले पूर्व–अनुमति बिना प्रवेशमा रोक लगाएपछि काम गर्न कठिन भएको संघको भनाइ छ।

संघका अनुसार औषधि प्रतिनिधिहरूले अस्पतालमा नियमित रूपमा चिकित्सकसँग समन्वय गर्नुपर्ने हुन्छ। तर पछिल्ला प्रतिबन्धले उनीहरूको काममा अवरोध सिर्जना गरेको र यसले रोजगारीमै असर पार्ने देखिएको उल्लेख गरिएको छ।

त्यसैगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दैनिक खर्च बढ्दै गए पनि कम्पनीहरूले आवश्यक सुविधा नबढाएको भन्दै संघले चिन्ता व्यक्त गरेको छ। वर्तमान अवस्थाअनुसार ‘डेली कल एभरेज’ पुनरावलोकन गर्न, यात्रा तथा महँगी भत्ता वृद्धि गर्न संघले माग गरेको छ।

संघका अध्यक्ष कोशराज अवस्थी ले सदस्यहरूको हक–हित संरक्षणका लागि संगठन निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।