
भक्तपुर, ७ बैशाख : नयाँवर्ष २०८३ सालको अवसर पारे भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२÷०८३’ करिब ८० लाखको व्यापार गर्दै आज राती नौ बजेबाट सम्पन्न भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्थाले चैत २६ गतेबाट सञ्चालन गरेको १२ दिने महोत्सवमा एक लाख ३० हजार भन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको र करिब ८० लाख भन्दा बढीको व्यापार गरि महोत्सव सम्पन्न भएकोे संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । महोत्सवको समापन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस प्रकारको महोत्सवले आर्थिक र पर्यटनका विकासमा टेवा पुर्याउने बताउनुभयो ।

महोत्सवमा एकैछानामुनी दैनिक उपभोग्य सामग्री र बिभिन्न सामानहरु पाउँने भएपछि १८० वटा स्टलमा दैनिक उपभोक्ताको भीड लागेको थियो भने दैनिक राष्ट्रिय कलाकारहरुबाट हुने साँस्कृतिक कार्यक्रमले राती नौ बजेसम्म हजारौ दर्शकको भीड लाग्ने गरेको गरेको थियो ।
स्थानीय उत्पादनलाई बजार प्रबद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिभिन्न सामानहरु एकै थलोमा सुपथ मुल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र साँस्कृतिक परम्परालाई कै थलोमा प्रर्दशन गर्दै प्रचार गर्ने उदेश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको महोत्सवका संयोजक दिपक थापाले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाको समेत सहभागिता रहेको थियो ।

महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, औधोगिक उत्पादन, काष्ठकला, माटोका भाडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा बिज्ञान प्रबिधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी तथा बिक्री लागि राखिएको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा राखिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्नेहरुको भिड देखिन्थ्यो भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटी पिङ्ग, ड्रागन ट्रेन, नाउ तथा बच्चाको बिभिन्न प्रकारको खेलौना र बिभिन्न प्रकारका खानामा उपभोक्ताको त्यतिकै भिड देखिन्थ्यो ।

चर्चित गायक गायिकाको दैनिक साँस्कृतिक उत्सव :
महोत्सवमा दैनिक रुपमा चर्चित गायकगायिकाले यहाँको सांगीतिक माहौललाई महोत्सवको रुपमा परिणत गरेको छन् । राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको गीत, संगीतले महोत्सवमा युवा पुस्ताको भीड उत्तिकै बढेको थियो ।
महोत्सवमा भक्तपुर वाइल्ड फायर नाइट नाम दिएर चर्चित गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको संयक्त प्रस्तुतीदेखि दैनिक हुने साँस्कृतिक कार्यक्रममा चर्चित गायक रामकृष्ण ढकाल, लोक गायक नवराज घोरासैनी, चर्चित गायिका रचना रिमाल, एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन बिष्ट, रमेश मेलोडी, जंकि रोयल्स ब्यण्ड, भोजराज काफ्ले, गड एक्स, मीना गिरी, प्रिति पासवान, उर्गेन डोङ, सोनु कुस्मी,कपिल कसपाल, जोकर, राजेन्द्र गुन्द्रुकेलगायतको प्रस्तुती र नृत्य प्रतियोगिताले महोत्सवको रौनक थपेको थियो ।
नृत्य प्रतियोगितामा गिरी प्रथम :
त्यसैगरि महोत्सवमा भएको नृत्य प्रतियोगितामा रतिश गिरी प्रथम भएका छन् । प्रतियोगितामा अन्नी तामाङ दोश्रो, स्प्रीका शाही तेश्रो, रेम्मो तामाङ चौथो र रेविका लामा पाँचौ भएका छन् । प्रतियोगितामा सान्त्वना हुहनेहरुमा आयुषा तामाङ, क्यारोबिना थापामगर, चुवाना तामाङ, अनिश अधिकारी, दिपीका मानन्धर, सियोन प्रजापति, श्रीयांना तामाङ, राेिहत बिस्ट र जेनिशा आले मगर रहेका छन् । उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको संयोजक दीपक थापाले जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार सृजना खतिवडालाई सम्मान गरिएको थियो ।
Related







