हामीसँग जोडिनुहोस

मोरङमा हवाई फायरपछि ब्राउनसुगरसहित कारोबारी पक्राउ

1 मिनेट
प्रधानमन्त्री वालेन्द्र शाह सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विश्वविद्यालय र प्रतिष्ठानहरूका उपकुलपतिहरूसँग समसामयिक विषयमा छलफल गर्नुहुँदै । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय / रासस

काठमाडौं– बालेन्द्र शाह ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान लाई खारेज नगरी सुधारमार्फत सुदृढ बनाइ सेवा प्रवाह प्रभावकारी बनाइने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोगका पदाधिकारी तथा कर्मचारीसँग भएको छलफलमा उनले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारको काम प्रभावकारी हुने उल्लेख गरे। ‘यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठुलो सहयोग पुग्नेछ,’ उनले भने।

नीति अनुसन्धान प्रतिष्ठानबारे उनले विषय विज्ञको भूमिका महत्वपूर्ण रहेको बताउँदै गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्ने क्षमता आवश्यक रहेको उल्लेख गरे। सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा आत्मसात् गर्ने उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले बहानाबाजी नगरी ठोस योजना र प्रभावकारी कार्यान्वयनमार्फत नतिजा दिन निर्देशन दिए। मन्त्रालयबीच समन्वय नभएको तर्क अस्वीकार्य भएको उल्लेख गर्दै उनले बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहाना नबनाउन चेतावनी दिए।

उक्त अवसरमा स्वर्णिम वाग्ले ले वर्तमान समयलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए। उनले विज्ञहरूको ज्ञानलाई नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न जोड दिँदै स्पष्ट लक्ष्य, पर्याप्त बजेट र मापनयोग्य परिणामसहित प्रस्ताव ल्याउन निर्देशन दिए।

वाग्लेले संस्थागत संरचना सुदृढीकरण, अप्रासङ्गिक प्रावधान खारेजी तथा नयाँ आवश्यकता अनुसार नीति विकास प्रक्रिया अघि बढाइने जानकारी दिए। साथै, नवप्रवर्तनात्मक कार्यक्रमहरू ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरी सफल भएपछि विस्तार गर्ने रणनीति अपनाइने उनले बताए।

छलफलमा राष्ट्रिय योजना आयोग का पदाधिकारीहरूले कार्य प्रगति, चुनौती र बजेट अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रतिष्ठानका कर्मचारीहरूले थप जनशक्ति र स्रोतसाधनको आवश्यकता औंल्याउँदै प्रधानमन्त्रीसँगको संवादले आफूहरूलाई थप उत्साह मिलेको बताएका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।