हामीसँग जोडिनुहोस

मनहरी गाउँपालिकामा करदाता सेवा सुरु, स्थानीयमै सेवा पाइने

1 मिनेट

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सञ्चालनमा ल्याएको छ। सङ्घीय सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू गरेपछि उक्त सेवा सुरु गरिएको हो।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती का अनुसार आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट तालिम प्राप्त तीन जना कर्मचारी तथा आवश्यक प्रविधि र उपकरण व्यवस्थापन गरी सेवा सञ्चालन गरिएको हो।

अब मनहरी गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर (PAN) जारी गर्ने, प्यान रूपान्तरण गर्ने र आयकर दर्तासम्बन्धी काम गर्न सकिनेछ। साथै अन्तःशुल्कसम्बन्धी इजाजत जारी तथा नवीकरण प्रक्रियाका लागि आवश्यक कागजात सङ्कलन र प्रारम्भिक प्रमाणीकरण पनि यहीँबाट गरिनेछ भने अन्तिम स्वीकृति डिजिटल हस्ताक्षरमार्फत आन्तरिक राजस्व कार्यालयबाट हुनेछ।

स्थानीय तहबाटै करदाता सेवा सुरु भएपछि अब करदाताहरूलाई हेटौँडा पुग्नुपर्ने बाध्यता हट्ने र समय तथा खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।