हामीसँग जोडिनुहोस

धितोपत्र कारोबारमा अनियमितता : दिपक भट्टविरुद्ध छानबिन प्रतिवेदन तयार

1 मिनेट

काठमाडौँ– नेपाल धितोपत्र बोर्ड ले व्यवसायी दिपक भट्ट संलग्न धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्षसहित प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पत्राचारपछि सुरु गरिएको अनुसन्धानमा भट्टले धितोपत्र ऐनविपरीत कृत्रिम कारोबारमार्फत बजार प्रभावित पारेको ठहर गरिएको छ।

प्रतिवेदनअनुसार भट्टले वास्तविक लेनदेनबिना उधारोमा सेयर कारोबार गरी कृत्रिम रूपमा मूल्य वृद्धि गराएका थिए। साथै, आफ्नै तथा पारिवारिक स्वामित्वमा रहेका हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रो लाइफनेपाल माइक्रो इन्स्योरेन्स बीच आपसी खरिद–बिक्री गरेर सेयर मूल्यमा उतारचढाव ल्याइएको उल्लेख छ।

यस प्रकरणमा भट्टलाई मुख्य आरोपित बनाइएको छ भने शुभी अग्रवाल, ऋषिराज मोरराजबहादुर शाह लाई मतियारका रूपमा समेटिएको छ। साथै शेखर गोल्छारोहित गुप्ता लगायतका व्यक्ति तथा संस्थाहरूलाई पनि सहयोग गरेको आरोप लगाइएको छ।

बोर्डले यो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९६ बमोजिम कसुर हुने ठहर गर्दै थप अनुसन्धान तथा कारबाही अघि बढाउन सिफारिस गरेको जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।