
काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाह लाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन्।

सचिवालयका अनुसार गृहमन्त्री गुरुङ आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरिरहेका छन्।
व्यवसायी दीपक भट्ट सँगको संलग्नतामा सेयर बजारमा लगानी गरेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आलोचनामा परेका छन्। सोही विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने दबाबसमेत बढ्दो छ।
यसअघि प्रधानमन्त्री शाहले गुरुङसँग उक्त विषयमा लिखित स्पष्टीकरण मागेका थिए। अहिले भने प्रत्यक्ष भेटमार्फत विवादबारे थप छलफल भइरहेको जनाइएको छ।
Related







