हामीसँग जोडिनुहोस

चट्याङ लागेर पर्वतमा महिलाको मृत्यु

0 मिनेट

पर्वत – जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको उपचारका क्रममा आज मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार उनलाई घरभित्र बसिरहेको अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर चोट लागेको थियो।

घटनापछि बेहोस अवस्थामा रहेकी लामिछानेलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल पर्वत लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

ट्रेण्डिङ