हामीसँग जोडिनुहोस

काठमाडौंमा गैरीगाउँ सुकुम्बासी बस्ती हटाउन सुरु

1 मिनेट

काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि सुरु गरिएको छ। सार्वजनिकस्थल अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्तीहरू सरकारको निर्देशनअनुसार हटाउन अभियान अघि बढाइएको हो।

आज दिउँसोदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरी बस्ती भत्काउने काम भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा अस्थायी तथा स्थायी संरचनाहरू हटाउने कार्य जारी छ।

उनले बिहान थापाथली क्षेत्रको बस्ती खाली गराएपछि अहिले गैरीगाउँमा अभियान सञ्चालन भइरहेको जानकारी दिए।

प्रहरीका अनुसार सम्भावित अवरोध रोक्न सुरक्षाकर्मीहरू उच्च सतर्कतामा राखिएको भए पनि हालसम्म कुनै अवरोध वा झडपको अवस्था सिर्जना भएको छैन।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।