
काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले सूचना जारी गर्दै पठाइएका कर्मचारीलाई तुरुन्त हाजिर गराउन तथा सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।
यस क्रममा मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय तथा कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालयहरूसँगै मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ।
मन्त्रालयले सम्बन्धित कर्मचारीलाई समेत तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन तथा रमाना लिन निर्देशन दिएको छ।
Related







