हामीसँग जोडिनुहोस

गुजरात टाइटन्सको आरसीबीमाथि ४ विकेटको सहज जित, होल्डर बने प्लेयर अफ द म्याच

1 मिनेट

अहमदाबाद – गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग २०२६को ४२औँ खेलमा सहज जित निकालेको छ।

नरेन्द्र मोदी स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बैंगलोरले दिएको १५६ रनको लक्ष्य गुजरातले १५.५ ओभरमै ६ विकेट गुमाएर १५८ रन बनाउँदै पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सकेको थियो। कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न नसक्दा टोलीले मध्यम योगफलमै चित्त बुझाउनुपरेको थियो।

गुजरातका लागि अलराउन्डर जेसन होल्डरले निर्णायक प्रदर्शन गरे। उनले बलिङमा २ विकेट लिनुका साथै ३ क्याच लिए भने ब्याटिङमा १० बलमा १२ रन योगदान दिए। उनी खेलको ‘प्लेयर अफ द म्याच’ बने।

यस जितसँगै गुजरात टाइटन्स १० अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने पराजित बैंगलोर १२ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।