हामीसँग जोडिनुहोस

बुद्ध जयन्तीमा ओलीको सन्देश : बुद्धको करुणा, शान्ति र सहिष्णुताको मार्ग अनुसरण गर्न आह्वान

0 मिनेट

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्मले मानव इतिहासमा करुणाको उज्यालो फैलिएको उल्लेख गरेका छन्।

ओलीले बुद्धले बोधि प्राप्त गरी गौतम बुद्धका रूपमा मानव सभ्यतामा स्थापित भएको र यही दिन करिब २५७० वर्षअघि महापरिनिर्वाण प्राप्त गरेको स्मरण गरेका छन्।

उनले बुद्धको जीवनले सत्य, अहिंसा, करुणा र शान्तिको मार्ग देखाएको भन्दै देशभित्र तथा विश्वभर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम रहोस् भन्ने कामना व्यक्त गर्दै बुद्धका सन्देशलाई आत्मसात् गर्न आग्रह गरेका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।