हामीसँग जोडिनुहोस

दमौलीमा ११ दिनपछि फोहर उठाउन सुरु

1 मिनेट

दमौली — तनहुँको सदरमुकाम दमौली बजारमा ११ दिनपछि फोहर सङ्कलन पुनः सुरु गरिएको छ। व्यास नगरपालिका ले वैशाख ११ गतेदेखि फोहर उठाउन नसकेको अवस्थामा आजदेखि पुनः सेवा सञ्चालनमा ल्याएको हो।

फोहर विसर्जन गर्ने स्थान अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन सकेको थिएन। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल का अनुसार हालका लागि अस्थायी ठाउँ खोजेर फोहर व्यवस्थापन सुरु गरिएको छ।

उनले लामो समयसम्म फोहर नउठ्दा बजार क्षेत्रमा दुर्गन्ध फैलिएको उल्लेख गर्दै संकलित फोहर तत्काल गाडेर व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको बताए।

फोहरमैला दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिद गर्न नेपाल सरकारसँग अनुमति माग गरिए पनि हालसम्म स्वीकृति प्राप्त नभएको जनाइएको छ। यसअघि नकुहिने फोहरलाई स्रोतमै वर्गीकरण गरी बिक्रीयोग्य वस्तु बिक्री गर्ने र बाँकी फोहर वडा नम्बर १ स्थित गल्वुवेशी अकला कमलडिही क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरिँदै आएको थियो।

तर उक्त स्थान भरिएपछि नयाँ स्थान खोजी भइरहेको नगरपालिकाले जनाएको छ। सरसफाइका लागि नगरपालिकाले दैनिक रूपमा तीन टिपर, चार ट्र्याक्टर, एक जेसिबी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा प्रयोग गर्दै आएको छ।

नगरपालिका स्थापना भएको ३२ वर्ष बितिसक्दा पनि स्थायी फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा समस्या दोहोरिँदै आएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।