हामीसँग जोडिनुहोस

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केही सडक एकतर्फी सञ्चालन

1 मिनेट

भक्तपुर — केही दिनयता परेको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

अविनारायण काफ्ले का अनुसार सोमबार राति इलामको रोङ गाउँपालिका–६ सलकपुरस्थित भित्री कच्ची सडक, काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा तथा रोशी गाउँपालिका–७ घुमाउने–चारसयबेँसी क्षेत्रमा रहेको बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी वैशाख १२ गतेको बाढीले अवरुद्ध भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग र वैशाख १६ गतेको पहिरोले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्ग भने हाल एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

वर्षात्को समयमा बाढीपहिरोको जोखिम उच्च हुने भएकाले अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेका सडकमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।