
भक्तपुर— कैलाली र चितवनबाट अवैध लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारबाट १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय सागर कलेल लाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय सडकपुर बाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
त्यसैगरी चितवनको भरतपुर महानगरपालिका–१६ झनझने क्षेत्रबाट २ ग्राम २७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद २० हजार ८६५ रुपैयाँसहित सुनिल भुषाल सहित चार जनालाई पक्राउ गरिएको छ। उनीहरूलाई अस्थायी प्रहरी पोष्ट शरणपुर बाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Related







