हामीसँग जोडिनुहोस

वर्षासँगै आएको पहिरोले अवरुद्ध राजमार्ग क्रमशः सञ्चालनमा

1 मिनेट

भक्तपुर– केही दिनयता परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये केही सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको छ।

सोमबार साँझको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ तथा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्री सडकखण्ड सञ्चालनमा आएका छन्।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग तथा मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथमा पनि यातायात सञ्चालन सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

उनका अनुसार भोजपुर नगरपालिका बोखिमस्थित मध्यपहाडी लोकमार्ग तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

यता, इलामको रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जोड्ने भित्री कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने ४०० बेँसीस्थित बीपी राजमार्ग तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग भने पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

यसैबीच, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

वर्षायाममा बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेका सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।