
रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली पक्राउ परेका छन्।

सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले गएराति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न ४ जना र जुवा खेलिरहेका १५ जना रहेका छन्। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
घटनास्थलबाट ९५ हजार ५०० रुपैयाँ नगद, १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद गरिएको छ। पक्राउ परेकाहरू विभिन्न जिल्ला तथा रुपन्देही क्षेत्रका रहेको प्रहरीले जनाएको छ।
उनीहरूमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
Related







