
भक्तपुर– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सन्दिप थापा मगर, निर बहादुर कार्की, विजय कुमार यादव, चिरन्जिवी अधिकारी र प्रवेश गुरुङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले माल्टा, क्रोएशिया, कतार, क्यानडा र मकाउ पठाइदिने बहानामा विभिन्न पीडितहरूबाट लाखौं रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
Related







