हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

Gujarat Titans को लगातार पाँचौँ जित, अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

1 मिनेट

भक्तपुर  – Indian Premier League अन्तर्गत Gujarat Titans अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अहमदावादमा मंगलबार राति भएको खेलमा गुजरातले Sunrisers Hyderabad लाई ८२ रनले पराजित गर्दै लगातार पाँचौँ जित निकालेको हो ।

जितसँगै गुजरातको १० खेलबाट १६ अंक पुगेको छ । पराजित हैदरावाद भने १४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४.५ ओभरमै ८६ रनमा समेटियो । हैदरावादका लागि कप्तान Pat Cummins ले बनाएको १६ रन नै सर्वाधिक स्कोर रह्यो । टोलीका अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

हैदरावादलाई सस्तैमा समेट्न गुजरातका Jason HolderKagiso Rabada ले घातक बलिङ गरे । होल्डरले २० रन खर्चेर ३ विकेट लिए भने रबाडाले २८ रन खर्चेर समान तीन विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । उसका लागि Sai Sudharsan ले ६१ रन तथा Washington Sundar ले ५० रनको अर्धशतकीय योगदान दिएका थिए ।

ट्रेण्डिङ