हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

गोरखामा ट्याक्टर दुर्घटना : १३ वर्षीय बालकको मृत्यु

0 मिनेट

गोरखा– निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा एक १३ वर्षीय बालकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

जिल्लाको Bhimsenthapa Rural Municipality–२ रातामाटेमा गएराति भएको दुर्घटनामा सोही पालिकाको वडा नं. ३ का १३ वर्षीय Bikram Basyal को मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी Rajkumar Shrestha का अनुसार गम्भीर घाइते भएका बालकलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो, जहाँ आज बिहान उनको मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक Rajan Pariyar गम्भीर घाइते भएका छन् । उनकाे सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ