हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

७० वर्षमा मनास्लु शिखरमा ३ हजारभन्दा बढी आरोही

1 मिनेट
हिमपातमा पदयात्री मनाङ, ११ कात्तिकः मनाङको माथिल्लो भेगमा भारी हिमपात हुँदा मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो बेसक्याम्पबाट फर्कदैँ गरेका पदयात्री । यहाँ हिमपातले पदयात्रामा निस्केका पदयात्रीको जनजीवन प्रभावित भएको छ । तस्बिरः नवीन लामिछाने÷रासस

गोरखा – विश्वको आठौँ तथा नेपालको सातौँ अग्लो हिमाल मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा भएको छ । ८ हजार १६३ मिटर उचाइ रहेको मनास्लु हिमाल हालसम्म तीन हजार ६४३ जना आरोहीले सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

सन् १९५६ मे ९ मा जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पा ले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए । त्यसपछि सन् १९७३ अप्रिल २२ मा नेपाली आरोही उर्गेन छिरिङ शेर्पा ले पहिलो पटक नेपालीका रूपमा मनास्लु शिखर चुम्न सफल भएका थिए ।

७०औँ वर्षगाँठका अवसरमा नेपाल पर्वतारोहण सङ्घ, मनास्लु संरक्षण क्षेत्र आयोजनाचुमनुब्री गाउँपालिका को सहकार्यमा गोरखा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

समारोहमा प्रथम आरोही तोसियो इमानिसी र उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गाउँपालिका प्रमुख निमा लामा लगायतले तोसियो इमानिसीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसी तथा उर्गेन छिरिङ शेर्पाका छोरा छिरिङ शेर्पालाई सम्मानपत्र र दोसल्ला प्रदान गरेका थिए ।

यसै अवसरमा मनास्लु क्षेत्रकै सामागाउँका अग्रणी आरोहीहरू मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी, पोखरामा आयोजित कार्यक्रममा मनास्लु हिमालको थ्री–डी फोटो सार्वजनिक गरिएको नेपाल पर्वतारोहण सङ्घ ले जनाएको छ ।

ट्रेण्डिङ