हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

ओरेन्टलमा ऋण बाँकी नभएका व्यक्तिको नाम सार्वजनिक : थापाद्धारा आपत्ति

1 मिनेट

भक्तपुर, १ जेठ । समस्याग्रस्त घोषित ओरेन्टेल को–अपरेटिभि लिमिटेड नामक सहकारी संस्थाको ऋणीहरुको नाम सार्वजनिक गर्ने क्रममा सरकारले ऋण चुक्त भइसकेका ऋणीहरुको नाम समेत सार्वजनिक गरेको भन्दै आपत्ति जनएको छ । सहकारी व्यबस्थापन समितिको कार्यालय बबरमहलले बैशाख ३१ गते बुधबार सार्वजनिक गरेको ऋणीहरुको तीन पुस्ते नाम ऋण चुक्ता भइसकेको भक्तपुर सिपाडोलका किरण थापा मगरको नाम सार्वजनिक गरेपछि उहाँल आपत्ति जनाउनु भएको हो ।

ओरेन्टेल को–अपरेटिभि लिमिटेडसंग लिएको ऋण २०८२ साल असोज महिनामा चुक्ता गरि समस्याग्रस्त सहकारी व्यबस्थापन समितिको कार्यालयले बैंक खाता फुकुवा गर्न २०८२ असोज २१ गते परिपत्र गरि सकेको अबस्थामा सोही कार्यालयले हचुवाको भरमा ऋण चुक्ता भइसकेका व्यक्तिको समेत नाम सार्वजनिक गरेर बदनाम गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् ।

थापाले भन्नुभयो, ‘भक्तपुरमा कोल्डस्ट्रोर खोल्नका लागि एक जना सहयोगीलाई ऋण निकालिदिएको थिए, उसले ऋण तिरिरहेकै अबस्थामा दुर्घटनामा उसको मृत्यु भएपछि बाँकी करिब रु. २४ हजार ऋण मैले नै तिरिदिएर गतवर्ष नै फुकुवाका पत्र दिएकै समितिले नाम सार्वजनिक गरेकोमा हाम्रो आपत्ति छ, यसलाई तत्काल सच्याउन समितिसंग माग गर्दछु ।’

यसबारेमा समितिका कर्मचारीले ऋणीहरुको नाम सार्वजनिक गर्ने क्रममा भूलवश पुरानै लिष्ट सार्वजनिक भएकाले ऋण चुक्ता भइसकेका व्यक्तिको समेत नाम पर्न गएको जनाएको छ ।

ट्रेण्डिङ