हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो

1 मिनेट

चितवन– Chitwan District Public Health Office का अनुसार जिल्लामा Dengue FeverScrub Typhus संक्रमण बढ्दो क्रममा देखिएको छ ।

जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म जिल्लामा डेंगुका २ सय ६० तथा स्क्रब टाइफसका ७ सय ८३ संक्रमित फेला परेका छन् ।

२०८३ वैशाख ३१ गतेसम्मको तथ्यांकअनुसार डेंगु संक्रमण सबैभन्दा बढी रत्ननगर नगरपालिकामा देखिएको छ । रत्ननगरमा ८३ जना संक्रमित भेटिएका छन् । त्यसपछि भरतपुर महानगरपालिकामा ५५, खैरहनी नगरपालिकामा ३५, राप्ती नगरपालिकामा १७ तथा कालिका नगरपालिकामा १० जना संक्रमित रहेका छन् ।

यस्तै, स्क्रब टाइफस संक्रमण पनि रत्ननगरमै सबैभन्दा बढी देखिएको छ । त्यहाँ २ सय १८ जना संक्रमित पुष्टि भएका छन् । खैरहनीमा ९९, भरतपुरमा ७८, राप्तीमा ७२ तथा कालिकामा ६४ जना संक्रमित भेटिएका छन् ।

गत २४ घण्टामा जिल्लाभित्र डेंगुको नयाँ संक्रमित नदेखिए पनि स्क्रब टाइफसका दुई नयाँ संक्रमित थपिएका कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म डेंगु परीक्षण १० हजार २ सय ६ तथा स्क्रब टाइफस परीक्षण १० हजार ९ सय १० जनामा गरिएको छ । संक्रमणबाट हालसम्म कुनै पनि मृत्यु नभएको जनाइएको छ ।

स्वास्थ्यकर्मीहरूले लामखुट्टेको टोकाइबाट बच्न, घर वरपर पानी जम्न नदिन तथा ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन् ।

ट्रेण्डिङ