
भरतपुर– जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङकी ६ वर्षीया नमुना चेपाङको आज बिहान घरमै मृत्यु भएको हो। उनी राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङ मा कक्षा २ मा अध्ययनरत थिइन्।

च्याउ खाँदा सजन चेपाङ र मनिता चेपाङ पनि गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। तीनै जना एकै परिवारका हुन्। सजन कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत रहेको जनाइएको छ।
गत मङ्गलबार जङ्गली च्याउ खाएपछि बिरामी परे पनि उनीहरू घरमै रहेका थिए। आज बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे जानकारी पाएका थिए। त्यसपछि स्थानीयवासीको सहयोगमा सजन र मनितालाई अस्पताल ल्याइएको विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले बताए।
प्रधानाध्यापक मगरका अनुसार हात्तीबाङस्थित स्वास्थ्य संस्थामा बिरामीलाई ल्याइएको देखेपछि आफूले गाडीको व्यवस्था गरेर भरतपुर अस्पताल पुर्याएको बताए। उनका अनुसार अहिले उपचार भइरहेको छ।
अस्पतालका वरिष्ठ फिजिसियन तथा सहायक मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद पौडेलले १२ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार गर्न लागिएको जानकारी दिए।
परिवारका बुबा श्यामबहादुर चेपाङ र आमा पदममाया चेपाङले पनि सोही च्याउ खाएको जनाइएको छ। हात्तीबाङ का वडाध्यक्ष सन्तबहादुर मगरका अनुसार अस्पतालले उनीहरूलाई पनि तत्काल उपचारका लागि ल्याउन आग्रह गरेको छ, किनभने वयस्कमा लक्षण ढिलो देखिन सक्ने चिकित्सकहरूले बताएका छन्।
डा. पौडेलका अनुसार केही जङ्गली च्याउमा ‘एमेनिटा’ नामक विषाक्त तत्व हुन्छ, जसले कलेजोमा गम्भीर असर पुर्याउने, कलेजो फेल गराउने, मिर्गौला तथा मस्तिष्कमा असर गर्ने र अन्ततः मृत्यु समेत हुन सक्ने खतरा हुन्छ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






