हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

सरकारले तोकेको तलब माग्दै सहिद मेमोरियल अस्पतालका नर्स आन्दोलनमा

1 मिनेट
  • भक्तपुर सहिद मेमोरियल अस्पताल का स्टाफ नर्सहरूले सरकारले निर्धारण गरेको तलब लागू गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन्।

शुक्रबार बिहानदेखि नर्सहरूले अस्पताल परिसरमै प्रदर्शन गर्दै आन्दोलन थालेका हुन्। आन्दोलनरत नर्सहरूका अनुसार उनीहरूले हाल मासिक १९ हजार रुपैयाँ मात्र तलब पाइरहेका छन्, जबकि सरकारले स्टाफ नर्सका लागि ३४ हजार रुपैयाँ न्यूनतम तलब तोकेको छ।

सरकारले निर्धारण गरेको तलब कार्यान्वयन गर्न पटक–पटक आग्रह गर्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको हेल्थ असिस्टेन्ट भुपेन्द्र खत्रीले बताए।

अस्पतालमा कार्यरत करिब ४० जना कर्मचारी आन्दोलनमा सहभागी रहेका छन्। आन्दोलनरत कर्मचारीहरूले श्रमको उचित मूल्यांकन, सेवा–सुविधा तथा सरकारी मापदण्डअनुसार पारिश्रमिक लागू गर्न माग गरेका छन्।

ट्रेण्डिङ