
भक्तपुर– जेठ दोस्रो साता लगातार चार दिन बिदा हुने भएको छ ।

गृह मन्त्रालयले शुक्रबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यस्तो संयोग परेको हो ।
मन्त्रालयका अनुसार गत फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था छ ।
मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार आगामी जेठ १४ गते बिहीबार बकर ईद परेको हुँदा उक्त दिन देशभर सार्वजनिक बिदा हुने मन्त्रालयले जनाएको हो ।
त्यसको भोलिपल्ट जेठ १५ गते शुक्रबार सरकारले बजेट प्रस्तुत गर्ने दिन तथा गणतन्त्र दिवस पनि परेको छ । त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार सरकारले पेट्रोलियम पदार्थ बचतका लागि लागू गरेको साप्ताहिक बिदा परेकाले लगातार चार दिन सार्वजनिक बिदा हुने भएको हो ।
प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार
Related







