
भक्तपुर, ८ जेठ : खानेपानीको मुहानको रुपमा परिचित भक्तपुर जिल्लाका बिभिन्न ठाउँमा खानेपानीको आपूर्ती गर्दै आएको चाँगुनारायण नगरपालिका–३ झौखेलमै खानेपानीको अभाव चुलिएको छ । राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलमा शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा झौखेलवासीले खानेपानीको अभावले मासिक पाँच हजारको पानी किन्नु परेको बताएका छन् ।
सार्वजनिक सुनुवाईमा स्थानीय लीला खत्रीले झौखेलका पानी सर्वत्र पुगेपनि झौखेलवासीले भने खानेपानीको अभाव झेल्नु परेको गुनासो गर्नुभयो । उहाँले इनार खन्दा पनि पानी सफा नहुने, प्रदुष्ति पानी पिउँनु पने बाध्यता झैल्दै आएको भन्दै घरघरमा धारा भन्ने नारा कहिले पुरा हुन्छ भन्दै प्रश्न गर्नु भएको थियो । झौखेलमा बिभिन्न ठाउँमा खनिएका डिप बोरिङ्गलाई पालिकाले शुद्धिकरण गरेर घरघमा पठाउनु पर्ने माग स्थानीयले ऐतिहासिक तलेजु धाराको संरषण नुहँदा त्यहाँको पानीसमेत दुषित भएको बताएका थिए ।
स्थानीयले झौखेलमा बढ्दो टनेल खेती र यसमा प्रयोग हने विषादीले स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर पारेका भन्दै विषादी प्रयोग रोक्न जनप्रतिनिधिले भूमिका खेल्नु पर्ने औल्याएका थिए ।
सार्वजनिक सुनुवाईमा स्थानीयहरु दिनेश थापा, सुन्दरचक्र न्यौपाने, डम्बर विष्ट, सरस्वती शाह, लक्ष्मण श्रेष्ठ, श्याम श्रेष्ठ, कल्पना न्यौपाने, रामबहादुर श्रेष्ठ, प्रकाश गेलाललगायत व्यक्तिहरुले झौखेलका विकासको प्रंशसा गर्दै आगामी दिनमा गर्नुपर्ने विकासका कार्य र चुनौतीहरुकोबारेमा सुझाब राखेका थिए ।

उनीहरुले सडकको सुरक्षाको आवश्इकता, सडकमा गहूँ सुकाउने कार्य रोक्नु पर्ने, सडक बत्ति बल्नु पर्ने, सडकका गमला स्थानीयलाई जिम्मा दिनुपर्ने, टनेल खेतीमा विषादी प्रयोग रोक्नु पर्ने, सडक बन्दा ढलको निर्माण हुनुपर्ने, सार्वजनिक जग्गा र बाटोको सिमांकन हनुपर्ने, मानव अंग प्रत्यारोपाण केन्द्र निर्माण छिटो हुनुपर्ने, तप्थए यात्राका नाममा एकदिन पाँच लाख बजेट सक्ने गरि जेष्ठ नागरिक भ्रमण रोकेर जेष्ठ नागरिकको आवश्यकताको पहिचान गर्नुपर्ने, सडक मापदण्ड भित्र निर्माण भएका सेफ्टी टैंकी भत्काउनुपर्ने, एउटै व्यक्तिलाई पटक पटक तालिम दिदै राज्यको ढुकुटी दोहन गर्न नहुने तालिममा एक पटक पनि अवसर नपाएकालाई अवसर दिनुपर्ने, स्वास्थ्य चौकीमा सिटामोलबाहेक अरु औषधि नपाउने भएकाले औषधिको व्यबस्था गर्नुपर्नेलगायतका बिभिन्न सुझाबहरु दिएका थिए । सार्वजनिक सुनुवाईमा विगत नौ वर्षमा वडाका भए गरेका विकासका कार्यहरुको विवरण प्रस्तुत गरेसगै त्यमासथि समिक्षा गरिएको थियो ।
आफ्नो नौ वर्षे कार्यकालमा भएका बिभिन्न विकासका कामहरुकोबारेमा चर्चा गर्दै वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले निर्वाचनमा जनतासंग गरेका वाचा पुरा गर्दै आएको दाबी गर्नुभयो । उहाँले नौ वर्षमा वाचा गरेका ९० प्रतिशत काम सम्पन्न गरेको बताउदै बाँकी ११ महिनामा १० प्रतिशत काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गनुभयो । वडामा सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, महिला तथा युवा सशक्तीकरण, सामाजिक सुरक्षा तथा सांस्कृतिक संरक्षणलगायत बिभिन्न क्षेत्रमा जनचाहना अनुरुप कार्य गरेको दाबप् गर्नुभयो ।
वडाध्यक्ष धिमालले वडामा फुटपाथ र हरियालीसहितका पक्की सडक निर्माण, भित्री सडक स्तरोन्नति, खानेपानी योजनाको विस्तार, खुला व्यायामशाला निर्माण, उज्यालो वडा अभियान, पुरातात्त्विक फल्चा निर्माण तथा मठमन्दिर संरक्षण र मर्मत, निःशुल्क स्वास्थ्य बिमा, ल्यावसहितको शहरी स्वास्थ्य क्लिनिक सञ्चालन, प्राथमिक स्वास्थ्य सेवाको विस्तार, पशु बिमा कार्यक्रम, टनेल खेती, पशुपालन अनुदान, विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरेको बताउनुभयो ।
वडाको अहिलेसम्मको बिभिन्न विकासका कार्यहरु, वडाको प्रगति विवरण, चुनौतीहरुलगायत वडाको विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै वडा सदस्य विष्णुप्रसाद न्यौपानेले बाँकी काम पुरा गर्न स्थानीयको सहयोगको आवश्यकता रहेको बताउनुभयो । वडा सचिव प्रेम तुल्सीले वडा कार्यालयको वर्तमान अवस्थाबारे जानकारी गराउनुका साथै जनशक्ति अभावले कार्यसम्पादनमा समस्या आएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य शिवराम सुलु, वडा सदस्य रमा थापाले वडामा महिलाहरुका लागि आत्मनिभर र सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
त्यसअवसरमा चाँगुनारायण नगरपालिकाको सामाजिक विकाश शाखा प्रमुख निला घिमिरेले नागरिकले नगरपालिका र वडाका कामलाई सहयोग पुर्याउन सके मात्रै वकासल गति लिने बताउदै कुनै समस्या र गुनासो वडाबाट समेधन नभए नगरपालिकामा सम्पर्क राख्नु पर्न बताउनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवेश अधिकारीले सडक दुर्घटनामा आएको समसया समाधानका लागि जिल्लाको ट्राफिक प्रहरीसंग समन्वय गर्ने बताउदै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीलाई स्थानीय नागरिकले सहयोग गर्नु पर्ने औल्याउनुभो । उहाँले भक्तपुरमा आर्थिक अपराधसँग सम्बन्धित घट्ना बढेको बताउनुभयो ।
सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्करराज बुढाथोकीले सार्वजनिक सुनुवाईको आवश्यकता र औचत्यमाथि प्रकाश पार्नु भएको थियो । केन्द्रका सचिव हेमराज ढकालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिदेखि स्थानीयवासी र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
Related






