हामीसँग जोडिनुहोस

मकवानपुरमा भिरबाट लडेर दुई बालक घाइते

0 मिनेट

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेस्थित जंगलको भीरबाट लडेर दुई बालक घाइते भएका छन् ।

जंगलको बाटो हुँदै आज बिहान करिब ११ बजेतिर भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई करिब ३५ मिटर तल भीरमा खसेपछि स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते दुवै बालकको उद्धार गरी उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ