हामीसँग जोडिनुहोस

श्रेयस अय्यरको अविजित शतकमा पञ्जाबको शानदार जित, प्लेअफ सम्भावना कायम

1 मिनेट

भक्तपुर– Punjab Kingsका कप्तान Shreyas Iyerको सानदार अविजित शतकको मद्दतमा पञ्जाबले Lucknow Super Giantsलाई ७ विकेटले पराजित गर्दै Indian Premier League (आइपिएल) मा महत्वपूर्ण जित निकालेको छ ।

लखनउको घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा १ सय ९७ रनको लक्ष्य पछ्याएको पञ्जाबले १८ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पञ्जाबको जितमा नायक बनेका अय्यरले ५१ बलमा अविजित १ सय १ रनको विस्फोटक इनिङ्स खेले । उत्कृष्ट प्रदर्शनपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो । तर, पञ्जाबका ब्याटरले आक्रामक प्रदर्शन गर्दै उक्त लक्ष्यलाई सहज बनाइदिए ।

पञ्जाबले १२ बल बाँकी रहँदै जित हात पारेपछि घरेलु टोली लखनउ आफ्नै मैदानमा निराश बन्न पुग्यो । यो जितसँगै पञ्जाबले लिग तालिकामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

अब पञ्जाबको प्लेअफ यात्रा भने Rajasthan RoyalsMumbai Indiansबीचको खेलको नतिजामा निर्भर रहनेछ । राजस्थान विजयी भए पञ्जाबको आइपिएल यात्रा समाप्त हुनेछ भने राजस्थान पराजित भए पञ्जाब चौथो स्थानमा रहँदै प्लेअफमा पुग्नेछ ।

ट्रेण्डिङ