
भक्तपुर – एसियाली खेलकुद छनोट अन्तर्गत नेपालले आज पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरमा हुने उक्त खेल बिहान ७ः१५ बजे सुरु हुनेछ।

दुई समूहमा विभाजित प्रतियोगिताबाट शीर्ष दुई–दुई टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन्। नेपालको समूहमा चीन र मलेसिया रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोली घोषणा गरेको छ। केही दिनअघि सिंगापुर पुगेको नेपाली टोलीले दुई दिनको अभ्यासपछि चीनविरुद्ध मैदान उत्रिन लागेको हो। समूह विजेता बन्दै एसियाली खेलकुदमा स्थान सुरक्षित गर्ने लक्ष्य नेपालले राखेको छ।
टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आरिफ शेख, शाहब आलम र भीम सार्की रहेका छन्।
यस्तै, नेपाली महिला टोलीले पनि आज एसियन गेम्स छनोटको निर्णायक खेल खेल्दैछ। छनोट चरण पार गर्न तेस्रो स्थान हासिल गर्नुपर्ने भएकाले नेपालले चीनसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल मलेसियामा बिहान ७ः१५ बजे सुरु हुनेछ।
पुरुष र महिला दुवै टोलीका लागि आजको प्रतिस्पर्धा एसियाली खेलकुद यात्राको महत्वपूर्ण परीक्षा बनेको छ।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






