
भक्तपुर– Kagiso Rabadaले Indian Premier League 2026 मा सर्वाधिक विकेट लिँदै पर्पल क्याप जितेका छन्। उपविजेता बनेको Gujarat Titansका तीव्र गतिका बलर राबाडाले १७ खेलमा ९.६८ को इकोनोमी रेटमा २९ विकेट लिएर प्रतियोगिताको उत्कृष्ट विकेटकर्ता बने।

राबाडाले पर्पल क्याप जितेको यो दोस्रो अवसर हो। यसअघि उनले Indian Premier League 2020 मा Delhi Capitalsबाट खेल्दै ३० विकेटसहित पर्पल क्याप जितेका थिए।
यस सिजन पर्पल क्यापको दौड निकै प्रतिस्पर्धात्मक रह्यो। Bhuvneshwar Kumar २८ विकेटसहित दोस्रो स्थानमा रहे भने Jofra Archer २५ विकेटसहित तेस्रो स्थानमा रहे।
फाइनलमा Royal Challengers Bengaluruसँग पराजित भए पनि राबाडाको लगातार प्रभावशाली बलिङ गुजरात टाइटन्सको सफल यात्राको प्रमुख आधार बनेको थियो। उनले प्रतियोगिताभर नयाँ बल र डेथ ओभर दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






