
भक्तपुर– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने कार्यसूची रहेको छ।

आजको बैठकमा सभामुख डीपी अर्याल ले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
त्यसपछि संसदमा आगामी आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुनेछ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सरकारले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको थियो। बजेट प्रस्तुतिपछि प्रतिनिधिसभामा त्यसमाथि सैद्धान्तिक तथा नीतिगत छलफल हुने संवैधानिक व्यवस्था अनुसार आजदेखि छलफल प्रक्रिया अघि बढ्न लागेको हो।
छलफलका क्रममा विभिन्न राजनीतिक दलका सांसदहरूले बजेटका प्राथमिकता, स्रोत व्यवस्थापन, विकास आयोजना, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य तथा आर्थिक वृद्धिसम्बन्धी विषयमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ। बजेटमाथिको छलफल सम्पन्न भएपछि सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
Related

अन्य समाचार
रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला
देवधार खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको डुबेर मृत्यु
काठमाडौं उपत्यकामा नदी किनारका सुकुम्वासी बस्ती हटाउने अभियान सम्पन्न काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान उपत्यकाको हकमा पूर्णता पाएको जनाएको छ। यस अभियानअन्तर्गत मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजुलगायत क्षेत्रमा रहेका अव्यवस्थित बस्ती हटाइसकिएको छ। बस्ती हटाइएका स्थानहरू अहिले खुला तथा खाली देखिएका छन्। वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ। बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका क्षेत्रको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न कार्यक्रम अघि बढाएका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति,






